भारतको नोयडा स्थित शारदा युनीभर्सिटि स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रििको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न भएको छ । “प्रयास” नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो ।

अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा. स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए ।

स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका डा.कैलाश असवा तथा प्रनिता सापकोटाले प्रस्तुत गरेका थिए । यश कार्यक्रमको मुख्य उदेश्य चाहिँ स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई दन्त समस्याको सतर्कता अपनाउने तरिका सिकाउनु हो । दात स्वास्थ राख्ने र फोहोर दातबाट हुनसक्ने अन्य समस्या र दैनिक सर सफाई कायम राख्दा मानिसको दैनिक जीवन र स्वास्थमा राम्रो असर पर्दछ । यस्ता ज्ञान बर्दक जानकारीहरु दिनु भएको थियो ।

अहिले कोभिड १९ महामारीको समयमा पनि यस युनिभर्सिटी स्कुल अफ डेन्टल साइन्सका शिक्षकज्युहरु र नेपालका इनटन  बिद्यार्थी डा. रिया दुवाल श्रेष्ठ बाट अनलाइन मार्फत दन्त स्वास्थका बारेमा धेरै कुराहरु जानकारी दिनु भएको सहभागिहरुले बताएका थिए ।

Also Read:

How to Choose The Best University Abroad: A Complete Guide 

India as the Best Preferred Destination for Foreign Students