कोरोनाभाइरस महामारीले विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूमा अत्यावश्यक र जीवनलाई जोखिममा पार्ने परिस्थितिहरूको छिटो अनुकूल हुन परीक्षण गरेको छ । यस चुनौतीपूर्ण समयमा समेत शारदा विश्वविद्यालयले केही प्रतिष्ठित व्यक्तिहरूको उपस्थितीमा चौथो दीक्षान्त समारोह आयोजना गर्‍यो । कार्यक्रम विश्वविद्यालय परिसर भित्र भएको थियो जहाँ उनीहरूले विभिन्न विषयका मेघावी विद्यार्थीहरुलाई पचहत्तर पीएचडी डिग्री, छ कुलपति पदक, तीन उपकुलपति पदक, छब्बीस स्वर्ण पदक र पाँच हजार एकाउन्न डिग्री प्रदान गर्नु भयो । 

औद्योगिक अटोमेसनमा विशेषज्ञता सहित एमटेक इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियरिका विद्यार्थी श्री सन्दीप ढकालले ९.९७ CGPA सहित कुलपति पदक र स्वर्ण पदक प्राप्त गर्नु भयो । उहाले भन्नु भयो, “शारदा विश्वविद्यालयको अंश हुन पाउँदा म खुसीले रोमान्चित भएको छु, मेरो यात्रा एकदमै रमाईलो थियो र म यो कोशेढुङ्गा हासिल गर्न निरन्तर सहयोग गरेकोमा मेरा सबै ब्याचका साथी र शिक्षकहरुलाई पर्याप्त धन्यवाद दिन सक्दिन । म मेरो जीवनकाल भरि सधैं शारदा स्मृतिमा रमाउने छु ।”

यसै गरि, श्री अजय भट्टराई, एम टेक – जेनेटिक इन्जिनियरिङमा विशेषज्ञता सहित बायोटेक्नोलजीका विद्यार्थीले CGPA ९.८११ सहित कुलपति पदक प्राप्त गर्नु भयो । यस्तै एमबीएका विद्यार्थी अनिता खकडा र संजीव कुमार दासले ९.६ CGPA  सहित स्वर्ण पदक प्राप्त गर्नु भयो ।

अन्तर्राष्ट्रिय महाशाखा निर्देशक श्री अशोक दरयानीले सबै नेपाली विद्यार्थीलाई बधाई दिंदै भन्नुभयो, “नेपालका विद्यार्थीहरूले शैक्षिक र अतिरिक्त कृयाकलापहरू जस्तैः खेल, संगीत र नृत्यमा धेरै राम्रो गरिरहेका छन् । उनीहरू हाम्रो वार्षिक कार्यक्रम ‘कोरस’ मा सक्रिय सहभागिता देखाउँछन् र जब उनीहरू आफ्नो घर फर्कन्छन् तब उनिहरू हाम्रो संस्कृति र शिक्षाको राजदूत भएर आफ्नो देशको सेवा गर्न सक्छन्।

विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री श्री रमेश पोखरीयल निशंकबाट डिग्री र पदक प्राप्त गरे जसले युवा राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरामा र प्रत्येक व्यक्तिको योगदानको महत्वपुर्ण हुनेमा जोड दिनु भयो । स्वर्ण पदक विजेता सुश्री अनिता खकडाले भनिन्, “शारदा विश्वविद्यालयले मेरो क्यारियरको शिखरमा पुग्नको लागि मेरो पखेटामा अनगिन्ती प्वाँख थप्यो । त्यस्ता उत्कृष्ट संकायहरू र गतिशील क्याम्पस वातावरणको मार्गनिर्देशनबाट मैले शारदामा रहँदाको मेरो समयमा धेरै कुरा सिकेको छु र प्राप्त गरेको छु। यति धेरै कडा परिश्रम, समर्पण र मेरो गुरूहरूको निरन्तर समर्थनको साथ, म गोल्ड मेडल प्राप्त गर्न सक्षम भएँ जुन मेरो जीवनको पहिलो उपलब्धिको प्रतीक हुनेछ । 

शारदा विश्वविद्यालयका कुलपति श्री प्रदीपकुमार गुप्ताले भन्नु भयो कि विश्वविद्यालयले महिला शिक्षामा बढी ध्यान केन्द्रित गरेको छ किनभने यदि महिला शिक्षित भए भने उनीहरूले समाजलाई शिक्षित बनाउँदछन् । 

चुनौतिहरू अवसरमा परिणत हुन सक्दछन् र नेपाली विद्यार्थीहरूले शारदा विश्वविद्यालय जस्ता भारतको निजी नम्बर एक निजी विश्वविद्यालय अग्रणी संस्थानहरूको हिस्सा भई विश्वव्यापी रूपमा आफ्नो क्षमता प्रमाणित गरिरहेछन् ।